६ मंसिर, २०८१ बिहिबार
04:02:48 PM
१० जेठ, २०७९
हिजो सोमबार पनि सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबार पनि सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार २७० रुपैयाँमै कारोबार भएको थियो।