२५ बैशाख, २०८१ मंगलबार

09:42:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज कति छ सुनचाँदीको मूल्य ?

९ जेठ, २०७९

सोमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन–चाँदी दुवैको मूल्य स्थिर रहेको हो। सोमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

हिजो आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि चाँदीको मूल्य स्थिर रहँदै १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।