१७ बैशाख, २०८१ सोमबार

08:28:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

Nepal Business

७ जेठ, २०७९

नेपालमा बलत्कार सम्वन्धि कडा कानुन बनाउन अभियान्ताहरुले समय समयमा दवाव दिइरहेका छन् । यसैगरी अहिले भएकै कानुनमा पनि बलत्कार गरेको ठहरिएमा १५ वर्ष सम्मको कैद र जरीवानाको व्यवस्था गरेको छ । पछिल्लो समय बलत्कारका घटना बढिरहेको समाचारहरु बाहिर आईरहेका छन् ।

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

झापा  । प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।