६ मंसिर, २०८१ बिहिबार
05:56:01 PM
१८ साउन, २०७९
पैतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”
नारायण ढुंगाना,
काठमाडौँ,
तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ ।
विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो ।
विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो ।
पैतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”
यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०/५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो ।
अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छि¥यो ।
यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ ।
अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो । त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उहाँले जानकारी दिनुभयो । “विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भन्नुभयो, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।”
बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाणले बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभएको थियो ।
सोहीअनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको जनाइएको छ । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लगि परिचालन भइसकेको पनि पोखरेलले जानकारी दिनुभयो । सुरक्षाकर्मीले ¥याफ्टिङको सहयोगमा मानिसको उद्धार गरिरहेको छ । आवश्यकतानुसार सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ । कटान भएको क्षेत्रमा बहाव कसरी रोक्न सकिन्छ भनेर आवश्यक गृहकार्यसमेत भइरहेको पनि पोखरेलले जानकारी दिनुभयो ।
पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । डा भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् ।
विगत केही दिनदेखिको भारी वर्षाले नेपालका अन्य केही जिल्लासमेत प्रभावित बनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासस्थानको आवश्यक व्यवस्थापनमा समन्वयात्मक रुपमा कार्य भइरहेको जानकारी दिनुभयो । मङ्गलबार चितवनस्थित नारायणी नदीमा समेत बहाव उच्च भएको थियो ।
पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । डा भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् ।
आज र भोलि बिहीबार पूर्वी नेपालमा वर्षा कम हुने अनुमान गरिएकाले पनि कोसीको बहाव घट्ने आशा गरिएको छ । उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादवले थप पानी परेन भने स्थानीयको व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ ।
केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।
पश्चिम सर्दै वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट भने वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ । पूर्वी क्षेत्रमा सरदर देखिन्छ ।
उक्त रेखा उत्तरतर्फ सर्नु भनेको नेपालको भू–भाग नजिक आउनु हो । यसरी उक्त रेखा नजिक अउनु भनेको त्यस क्षेत्रमा भारी वर्षा गराउने मनसुन प्रणाली सक्रिय हुनु हो । अहिले पूर्वमा सरदरमा झरेकाले वर्षा कम भएको हो ।
नेपालमा पछिल्लो पटक यही १० गतेबाट पूर्वी क्षेत्रमा उक्त न्यून चापीय रेखा सरदरस्थानमा आएको थियो । त्यसपछि उत्तर सर्दै नेपालतर्फ आयो । यसकारण साउन १२ बाट १७ गते साँझसम्म उत्तरतर्फ रहँदा नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा मापन गरिएको थियो ।
यही वर्षाले कोसीको बहाव उच्च हुन पुग्यो । अहिले पूर्वबाट उक्त रेखा नेपालको पश्चिम क्षेत्र नजिक आएकाले त्यस क्षेत्रमा वर्षा बढी हुने अनुमान गरिएको छ ।
मनसुन भित्रिएसँगै ३५ को मृत्यु
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो साल मनसुन सक्रिय भएदेखि ९जेठ २२ पछि० विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।
विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही साउन १६ यताका दुई दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ । रासस