७ मंसिर, २०८१ शुक्रबार

01:02:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स, कुन कम्पनीले कति कमाए ?

Nepal Business

३ जेठ, २०७९

सबैभन्दा कम खुद नाफा गर्नेमा जनरल इन्स्योरेन्स

धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स, कुन कम्पनीले कति कमाए ?

काठमाण्डौं । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ नाफा नाफा कमाएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीहरुले सो नाफा कमाएका हुन् ।

सबैभन्दा बढि नाफा कमाउनेमा शिखर एन्स्योरेन्स रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ ।

दोस्रो नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीले उक्त अवधिमा ३४ करोड २६ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ। तेस्रोमा निको इन्स्योरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा ३२ करोड २६ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 

यस्तै सगरमाथा इन्स्योरेन्सले ९ महिनाको अवधिमा २८ करोड ७१ लख ८४ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले २५ करोड ४२ लाख ४५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १७ करोड ९४ लाख ६३ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ, एनएलजी एन्स्योरेन्सले १७ करोड ७ लाख ४० हजार रुपैयाँ, आइएमई जनरल एन्स्योरेन्सले १६ करोड ८१ लख ६ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १६ करोड २० लाख ७९ हजार रुपैयाँ, प्रूडेन्सियल इन्स्योरेन्स ११ करोड ३६ लाख २७ हजार रुपैयाँ, एभरेष्ट एन्स्योरेन्सले १० करोड ९४ लाख २४ हजार रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १० करोड ६९ लाख ८० हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले १० करोड ५० लाख १८ हजार रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १० करोड २३ लाख ३९ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स ९ करोड ५५ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ९ करोड ४१ लाख ३८ हजार रुपैयाँ र जनरल इन्स्योरेन्स नेपालले ८ करोड २४ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको छ । 

लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स १० करोडभन्दा कम खुद नाफा गर्नेमा पर्छन् । सबैभन्दा कम खुद नाफा गर्नेमा जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले ८ करोड २४ लाख ५२ हजार रुपैयाँको खुद नाफा गरेको छ । 

यस्तै सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा पनि शिखर इन्स्योरेन्सले नै रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्स नेपला लिमिटेडले गरेको छ । यो कम्पनीले १९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।