५ जेठ, २०८१ शनिबार

01:02:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

Nepal Business

१४ पुस, २०७८

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

पर्वत, १४ पुस । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ ।

लाहाचोकमा १३२र३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ । 

यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायत समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् भने विद्युत् चुहावट समेत घट्नेछ ।” 

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ बाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा
पर्वत, १४ पुस । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ ।

लाहाचोकमा १३२र३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ । 

यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायत समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् भने विद्युत् चुहावट समेत घट्नेछ ।” 

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ बाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो ।