२४ बैशाख, २०८१ सोमबार

07:10:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मे १५ देखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने

Nepal Business

२९ बैशाख, २०७९

राति ८ बजेदेखि १२ बजेसम्म उडान गरिने

मे १५ देखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने

काठमाण्डौं । बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो ।

रात्रिकालीन उडानमा तत्कालका लागि नेपालगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, भद्रपुर र सिमरामा उडान गरिने कम्पनीले जानकारी दिएको हो । जसमा राति ८ बजेदेखि १२ बजेसम्म उडान गरिने भएको छ । 

कम्पनीका अनुसार दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुनेछ ।

कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागिअनुरोध गरेको छ ।