२५ बैशाख, २०८१ मंगलबार

10:25:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइयो

१८ चैत, २०७८

ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइयो

काठमाण्डौं । ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदै आएको छ ।

ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरि आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्याइ टीका पूजा गरिन्छ ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरि फेरि भोल गणेश हुँदै

बालकुमारीमै घोडायात्रा फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ ।

जात्राको पछि–पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरि तीनपटक परिक्रमा गरि यो जात्रा गरिन्छ ।