२५ बैशाख, २०८१ मंगलबार

03:05:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

२३ चैत, २०७८

सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।