२४ बैशाख, २०८१ सोमबार

08:05:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १५ सयले घट्यो

७ बैशाख, २०७९

सुनको मूल्य तोलामा १५ सयले घट्यो

काठमाण्डौं । सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार पाँच सयले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य मंगलबार एक लाख एक हजार छ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।