९ मंसिर, २०८१ आइतबार

03:49:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनियन लाइफ इन्स्योरेन्सले ९ महिनामा आर्जन गर्यो ६ अर्बभन्दा बढि कुल बीमाशुल्क

Nepal Business

२७ बैशाख, २०७९

कुल दाबी भुक्तानी भने यस वर्ष ०.८६ प्रतिशत बढी १ करोड २८ लाख रुपैयाँ भएको

युनियन लाइफ इन्स्योरेन्सले ९ महिनामा आर्जन गर्यो ६ अर्बभन्दा बढि कुल बीमाशुल्क

काठमाण्डौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा गतवर्षको तुलनामा यस वर्ष १८.७८ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब २२ करोड ५८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । 

कम्पनीले गत वर्ष यस अवधिसम्म ५ अर्ब २४ करोड १६ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । कुल दाबी भुक्तानी भने यस वर्ष ०.८६ प्रतिशत बढी १ करोड २८ लाख रुपैयाँ भएको छ । 

यस्तै ९ महिनाको अवधिमा कम्पनीले २ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ६६.९४ प्रतिशत कम खुद नाफा गरेको हो । 

कम्पनीका अनुसार हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोष रकम १ अर्ब ९ करोड २७ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको जीवन बीमा कोष रकम भने १० अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको आम्दानी ३०.२२ प्रतिशत बढेको छ भने खर्च १३२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले यस वर्ष २० करोड ९९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने १८ करोड २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।