१६ कार्तिक, २०८१ शुक्रबार

01:16:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्सको लिलामी सेयर खदि गर्ने सोमबार अन्तिम दिन

Nepal Business

२५ बैशाख, २०७९

वैशाख १९ गते देखि ७७ हजार ७२०.८८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको

शिखर इन्स्योरेन्सको लिलामी सेयर खदि गर्ने सोमबार अन्तिम दिन

काठमाण्डौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयर खरिद गर्ने अन्तिम दिन सोमबार रहेको छ । सो सेयर खरिदका लागि इच्छुक आवेदकले भोलि सोमवार बैंकिङ्ग समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीले वैशाख १९ गते देखि ७७ हजार ७२०.८८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको थियो । 

कम्पनीले यस अघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद सेयर बिक्रि खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त सेयर लिलामी प्रकृयाबाट बिक्री खुला गरेको हो । 

सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनु पर्नेछ । 

कम्पनीका अनुसार बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।