१७ बैशाख, २०८१ सोमबार

12:32:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वस्तु आयात र मुलुकको राजश्वबीच घनिष्ट सम्बन्ध

केशव आचार्य ।

२१ बैशाख, २०७९

अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्न निजी क्षेत्र उत्तिकै तयार हुनु पर्ने अर्थशास्त्रीहरुको तर्क रहेको छ ।

वस्तु आयात र मुलुकको राजश्वबीच घनिष्ट सम्बन्ध

मुलुक आयात प्रस्थिापन र निर्यात प्रवद्र्धनलाई जोड दिनमा तल्लिन छ । एकातिर सरकार आयात प्रवद्र्धन गरेर देशको आयस्रोत बढाउन चाहन्छ भने अर्कोतिर निर्यात बढाउन पनि लागि परेको छ । 

विद्धान वर्गले सरकारलाई विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्स वृद्धि, विदेशी लगानी आकर्षण र निर्यात वृद्धिको नीति ल्याउन समेत सुझाव दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै अर्थतन्त्र कस्तो बनाउने, अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको उहाँले बताउनु भयो । सोहीकारण यसमा निजी क्षेत्रको भूमिका नरहने उनको तर्क छ ।

निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्न नसक्दा यस्तो अवस्था आएको आरोप सरकारी स्तरबाट लगाउने गरिएको सन्दर्भ निकाल्दै अर्थशास्त्रीहरुले अर्थतन्त्र कता लैजाने भन्ने जिम्मा निजी क्षेत्रको हातमा नरहने बताएका हुन ।

निजी क्षेत्रको उद्देश्य नाफामुलुक भएको भन्दै उनले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नु पर्ने उनले बताए ।

समयमा जिम्मेवार निकायले नहेर्ने अहिले आएर निजी क्षेत्रलाई दोषी देख्नु राम्रो होइन । 

समयमा जिम्मेवार निकायले नहेर्ने अहिले आएर निजी क्षेत्रलाई दोषी देख्नु राम्रो होइन । अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्न निजी क्षेत्र उत्तिकै तयार हुनु पर्ने अर्थशास्त्रीहरुको तर्क रहेको छ । 

यसै सन्दर्भमा विद्धान वर्गले सरकारलाई विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्स वृद्धि, विदेशी लगानी आकर्षण र निर्यात वृद्धिको नीति ल्याउन समेत सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताउनु भएको छ ।  ।