२१ बैशाख, २०८१ शुक्रबार

07:33:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि प्रधान मुलुकमा कृषिकै दुर्दशा, धान, चामल र मकैको समेत उच्च आयात

केशव आचार्य ।

१३ बैशाख, २०७९

यो अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात गरेको छ । यो बितेको वर्षको यही अवधिका तुलनामा ६९ प्रतिशत धेरै हो ।

कृषि प्रधान मुलुकमा कृषिकै दुर्दशा, धान, चामल र मकैको समेत उच्च आयात

प्राचीन कालदेखि नेपाल एक कृषि प्रधान मुलुक मानिदै आएको छ । यहाँका करिब ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध रहेका छन् । रेमिट्यान्स पछिको जिडीपीमा सबैभन्दा ठूलो योगदान पुर्याउने क्षेत्र कृषि नै रहेको छ । 
पहिले अन्य देशमा खाद्यान्न निर्यात गर्ने मुलुक आज खाद्यान्न समेत आयात नगरी हातमुख जोर्न समेत नसक्ने अवस्थामा पुगेको छ । चालू आर्थिक वर्ष २०७८/८९ को पहिलो चैतसम्ममा नेपालले ३ खर्ब १ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात गरेको छ ।

चैत मसान्तसम्म नेपालले धान, चामल, मकै मात्र .६१ अर्ब ६९ करोडको आयात गरेको छ । यसमध्ये धान चामलको आयात मात्रै.४० अर्बको रहेको भन्सार विभागले जनाएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हो । यस तथ्यांकले नेपालको कृषिको अवस्थालाई जर्जर बनाइ दिएको हो ।

चैत मसान्तसम्म नेपालले धान, चामल, मकै मात्र .६१ अर्ब ६९ करोडको आयात गरेको छ । यसमध्ये धान चामलको आयात मात्रै.४० अर्बको रहेको भन्सार विभागले जनाएको छ ।

यसैगरी २९ अर्बको तरकारी, १८ अर्ब ८२ करोडको फलफूल तथा ६ अर्ब ४४ करोडको चिनी र चिनीजन्य पदार्थको पनि आयात भएको छ । सबैभन्दा धेरै १ खर्ब २३ अर्ब जतिको तेल तथा यसको कच्चा पदार्थ आयात भएको छ ।

यस अवधिमा नेपालले १ खर्ब ६ अर्ब बराबरको कृषिजन्य वस्तुको निर्यात गरेको छ । नेपालमा उच्च उत्पादन भएर कृषिजन्य वस्तुको निर्यात बढेको चाँही होइन ।

तेस्रो मुलुकबाट मगाएर रिप्याकेजिङ गरी भारत निर्यात गरिएका पाम आयल र भटमासको तेल जस्ता वस्तुका कारण निर्यात उच्च देखिएको हो ।

धेरै मूल्य अभिवृद्धि (भ्यालू एडिशन) नहुने यी चिजबिज तेस्रो मुलुकबाट मगाएर भारत पठाउँदा व्यापारीलाई लाभ भए पनि अर्थतन्त्रले धेरै लाभ पाउँदैन ।

यस्तो कारोबारबाट सरकारी राजस्वमा केही योगदान पुगे पनि रोजगारी सिर्जना तथा अर्थतन्त्रको दीर्घकालीन उत्पादक क्षमताको विस्तारमा अपेक्षित लाभ पुग्दैन ।

पछिल्ला वर्षहरुमा अत्याधिक रूपमा कृषिजन्य वस्तुको आयात परिमाण बढेको देखिएको छ । देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भए पनि कृषिजन्य वस्तुको आयात असाधारण रूपमा बढ्नु चिन्ताजनक रहेको विज्ञहरूले बताइरहेका छन् ।  

विदेशी मुद्राको सञ्चिति जोगाउन आयात नियन्त्रण गर्ने नेपाल राष्ट्र ब्यांकको पहलकदमीका बावजूद चैत महीनामा पनि आयात उल्लेख्य रूपमा घट्न नसकेको देखिएको छ । विभागको तथ्याङ्क अनुसार, चैतमा १ खर्ब ५८ अर्ब बराबरको आयात भएको छ । यो मासिक औसत आयात रकमभन्दा ५ अर्ब मात्रै थोरै हो ।

आयात उल्लेख्य नघट्दा नेपालको वैदेशिक मुद्राको घट्दो सञ्चितिमा थप दबाब पर्नेछ । पछिल्ला महिनामा उच्च आयातका कारण नेपालको वैदेशिक मुद्राको सञ्चिति लगातार घटिरहेको छ ।

यस चालु वर्षको नौ महिना चैतसम्म नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको वस्तु आयात गरेको छ । यो बितेको वर्षको यही अवधिका तुलनामा ३२ प्रतिशत धेरै हो । 

यो अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात गरेको छ । यो बितेको वर्षको यही अवधिका तुलनामा ६९ प्रतिशत धेरै हो । विदेशसँगको व्यापारिक कारोबारमा नेपालले यो अवधिमा १३ खर्ब ६ अर्बको व्यापार घाटा व्यहोरेको छ ।
उच्च आयातका कारण देशको बाह्य क्षेत्र असन्तुलित हुँदै गएपछि यसै वर्षको पुसदेखि नेपाल राष्ट्र बैंकले करिब ३ सय प्रकारका वस्तुको आयातलाई कमि गर्ने नियमहरू कार्यान्वयनमा ल्याएको छ ।

मंसिरसम्म औसतमा हरेक महीना १ खर्ब ६८ अर्ब हाराहारीको आयात भइरहेकोमा पुसमा यो रकम १ खर्ब ६१ अर्ब हाराहारीमा ओर्लिएको थियो ।

देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भए पनि कृषिजन्य वस्तुको आयात असाधारण रूपमा बढ्नु चिन्ताजनक रहेको विज्ञहरूले बताइरहेका छन् ।  

 माघमा भने अझ घटेर १ खर्ब ४८ अर्ब जतिमा सीमित भएको थियो । तर, फागुनमा भने १ खर्ब ६१ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा वस्तुको आयात परिमाण धेरै नबढे पनि अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको उच्च मूल्यवृद्धिका कारण नेपालले बढी रकम भुक्तानी गर्नुपरेको छ ।

गत वर्षको तुलनामा पेट्रोलियम पदार्थ, कोइला, फलाम, मकै, गहुँ, भटमास आदिको मूल्य ह्वात्तै बढ्न पुगेको छ ।

पछिल्ला दिनहरुमा बढ्दै गएको कृषि आयातले नेपाललाई प्रधान मुलुक भनेर चिनाउन पनि समस्या आइरहेको छ । कृषि उत्पादन निर्यात गर्दै आइरहेको मुलुकको हिजोआजको यो दुर्दशाले पहिचान मेटाउने खतरा बढ्दै गएको देखिन्छ ।