२१ बैशाख, २०८१ शुक्रबार

11:38:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वीरगन्ज नाका हुँदै नौ महिनामा ६९ अर्बको वस्तु निर्यात, १२० प्रतिशतले बढ्यो निर्यात

केशव आचार्य ।

१२ बैशाख, २०७९

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

वीरगन्ज नाका हुँदै नौ महिनामा ६९ अर्बको वस्तु निर्यात,  १२० प्रतिशतले बढ्यो निर्यात

देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उच्च वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३६ अर्ब ९४ करोड २१ लाख बढी अर्थात ६९ अर्ब ७० करोड ६७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १ सय १९.५६ प्रतिशत बढी हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै  यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको भन्सार कार्यलयले जनाएको छ । 

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको  छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख राजस्व सङ्कलन भएको तुलनामा ३० अर्ब ६० करोड ७७ लाख बढी वा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यलयको तथ्यांकले देखाउँछ ।  

भन्सारको यो तथ्यांकलाई हेर्दा नेपालबाट हुने निर्यातमा वृद्धि त भएको देखिन्छ तर यसले आयातलाई थोरै पनि प्रतिस्थापन गर्न सकेको छैन । भैरहेकोमा थोरै बढ्नु सामान्य कुरामात्र हो । यसले आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भरतामा अभिवृद्धि गर्न सक्नु पर्दछ ।