१७ बैशाख, २०८१ सोमबार

01:03:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकको भुक्तान सन्तुलन ५ खर्ब भन्दा बढीले घाटामा

केशव आचार्य ।

२८ बैशाख, २०७९

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।

मुलुकको भुक्तान सन्तुलन ५ खर्ब भन्दा बढीले घाटामा

हरेक देशले एक अर्काबीच वस्तु तथा सेवाको आदान प्रदान गरिरहेका हुन्छन् । यसरी आदान प्रदान गर्दा कूल आयातको रकम र कूल निर्यातको रकम हरेक वर्ष मिलान गर्नु पर्छ । यसै मिलान प्रणालीलाई भुक्तान सन्तुलन (बिओपी) भनिन्छ । 

भुक्तान सन्तुलनमा दृश्य वा अदृश्य सबै वस्तु तथा सेवाको मूल्य समावेश गरिएको हुन्छ । यसर्थ कुनै पनि देशको एक वर्षको अवधिमा कूल आयात र कूल निर्यात वा लेना देनाको रेकर्ड नै भुक्तान सन्तुलन हो ।

भुक्तान सन्तुलनमा तीन अवस्था विद्यमान हुन्छ । भुक्तान सन्तुलन घाटा, नाफा र सन्तुलन । 

यस अवधिमा मुलुकको मुद्रास्फितिदर ७.२८ प्रतिशत पुगेको छ । 

प्रत्येक वर्ष भुक्तान सन्तुलन मिलान गर्नु पर्छ । यो देशले एक वर्षको अवधिमा गरेको वस्तु तथा सेवाको आयात निर्यातमा निर्भर गर्दछ । नेपालको सन्दर्भमा भुक्तान सन्तुलन निरन्तर रुपमै घाटामा रहेको पाइन्छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म नेपालको चालू खाता ५ खर्ब भन्दा बढीले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले चालू आर्थिक वर्षको नौं महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको जनाएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ । 

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ । यस अवधिमा मुलुकको मुद्रास्फितिदर ७.२८ प्रतिशत पुगेको छ ।