४ जेठ, २०८१ शुक्रबार

01:30:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्सुरेन्सको सेयर लिलामी बिक्रि खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Nepal Business

१९ बैशाख, २०७९

सेयर खरिदका लागि लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्ने

शिखर इन्सुरेन्सको सेयर लिलामी बिक्रि खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौं । शिखर इन्सुरेन्सको सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ ।

आज सोमबारदेखि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।

सो सेयर खरिदका लागि लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसअघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

समयभित्र सबै हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।