२५ बैशाख, २०८१ मंगलबार

07:44:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१९ बैशाख, २०७९

छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको हो । 

छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर तोलामा ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले घटेर ९७ हजार सात सयल रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।