२५ बैशाख, २०८१ मंगलबार

08:29:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य मंगलबार ९ सयले घट्यो

Nepal Business

१३ बैशाख, २०७९

चाँदीको मूल्यस्थिर रहि तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्य मंगलबार ९ सयले घट्यो

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको एक लाख दुई सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य सोमबार ९९ हजार सात सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।