२५ बैशाख, २०८१ मंगलबार

02:55:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य शुक्रबार १२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१६ बैशाख, २०७९

छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्य शुक्रबार १२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । लगातार घटिरहेको सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार दुई सय रुपैयाँले बढेर ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य स्थिररहि तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।