४ जेठ, २०८१ शुक्रबार

01:50:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरलको साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

Nepal Business

१२ बैशाख, २०७९

सभाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित अन्य साधारण तथा विशेष प्रस्तावहरु पनि पारित भएको

आइएमई जनरलको साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाण्डौं । आइएमई जनरल इन्सुरेन्सले २४ औँ वार्षिक साधारण सभामा चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित अन्य साधारण तथा विशेष प्रस्तावहरु पनि पारित भएको छ । 

वैशाख ९ गते शुक्रबार सम्पन्न भएको सभाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित अन्य साधारण तथा विशेष प्रस्तावहरु पनि पारित भएको कम्पनीले जानकारी दिएको हो । 

उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँ पुग्ने भाएको छ । 

कम्पनीका अध्यक्ष हेमराज ढकालले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा बीमा प्रिमियम ९ प्रतिशत  संकलन गर्न सफल भएको जानकारी दिनुभएको छ ।

कम्पनीले हालै मात्र ४० प्रतिशत हकप्रद सेयर पनि बिक्री गरेको थियो ।

नियमनकारी निकायको निर्देशन बमोजित तोकिएकै समयसीमामै चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पुँजी वृद्धि योजना बीमा समितिसमक्ष पेश गरिसकिएको पनि आइएमई जनरलले जनाएको छ ।