१६ बैशाख, २०८१ आइतबार

04:55:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राधिकरणबाट जाँदाजाँदै ज्ञावालीको अन्तिम भाषण ...

Nepal Business

९ पुस, २०७८

सुशील ज्ञवाली,
मलाई नेपाल सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत जस्तो चुनौतीपूर्ण जिम्मेवारी प्रदान गरेको थियो । चुनौतीलाई पार लगाउन सकिन्छ की सकिँदैन होला भनेर भित्रदेखि नै गम्भिर खालको जिम्मेवारी बोधका साथ प्रवेश गरेको थिएँ । 
दुई कर्मचारी र एक सचिव साथमा लिएर कुर्सी र टेवल आफैँले खोज्दै शुरु भएकोमा आजको दिनमा पु्ननिर्माणको काम सम्पन्न गरेको भनेर अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्यौँ, दस्तावेजका रुपमा हामीसामु अगाडि छ ।

यो जग र अनुभवलाई साथमा राखेर आगामी सन् २०३० सम्ममा विपद उत्थानशिल मुलुक बनाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका थियौँ, त्यसमा छलफल गरेर निष्कर्ष निकालेका छौँ की वास्तवमा मुलुक दीगो विकास गर्नका लागि सबै प्रकारका विपद्को जोखिमबाट सुरक्षित मुलुकको रुपमा विकास गर्न यो पुननिर्माणले एउटा आधार तय गरेको छ


निर्देशक समिति बीचमा समेत छलफल गरेर उपलब्धीपूर्ण भएको छ भनेर निष्कर्ष निकालेका छौँ । यो जग र अनुभवलाई साथमा राखेर आगामी सन् २०३० सम्ममा विपद उत्थानशिल मुलुक बनाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका थियौँ, त्यसमा छलफल गरेर निष्कर्ष निकालेका छौँ की वास्तवमा मुलुक दीगो विकास गर्नका लागि सबै प्रकारका विपद्को जोखिमबाट सुरक्षित मुलुकको रुपमा विकास गर्न यो पुननिर्माणले एउटा आधार तय गरेको निष्कर्ष निकालेका छौँ । 
आज पुननिर्माण प्राधिकरण हस्तान्तरण गर्दा जिम्मेवारी हस्तान्तरण भएर नयाँ चरणमा विपद व्यवस्थापनको काम अघि बढेको छ । उत्थानशिल नेपाल निर्माणको जुन महाअभियान छ, यसलाई शुरु गर्ने भनेर निर्णय गरेका छौँ । अघि बढाउने कुरामा सफलता मिलोस शुभकामना छ । 

 भौगोलिक जटिलता, राजनीतिक संक्रमणको परिभेषबाट गुज्रेको बेला र संघीय राज्य प्रणालीमा गएको अबस्था तथा वित्तीय श्रोत र साधानको न्युनताको अबस्थाबाट काम गर्नुपरेको परिभेष, जनशक्तिको अभाव भएको अबस्थामा जनतालाई गाउँगाउँमा तालिम दिएर पुननिर्माणको काममा सामेल गरेर जानुपर्ने परिभेष यी समग्रताको जटिलता र चुनौतीका बीचबाट हामीले प्राप्त गरेको यो उपलब्धी हो । 


अहिले नेपालको पुननिर्माण र पुनस्थापनलाई सफलताको चरणमा पुर्यायौँ । भौगोलिक जटिलता, राजनीतिक संक्रमणको परिभेषबाट गुज्रेको बेला र संघीय राज्य प्रणालीमा गएको अबस्था तथा वित्तीय श्रोत र साधानको न्युनताको अबस्थाबाट काम गर्नुपरेको परिभेष, जनशक्तिको अभाव भएको अबस्थामा जनतालाई गाउँगाउँमा तालिम दिएर पुननिर्माणको काममा सामेल गरेर जानुपर्ने परिभेष यी समग्रताको जटिलता र चुनौतीका बीचबाट हामीले प्राप्त गरेको यो उपलब्धी हो ।

सबै प्राविधिक साथीहरु गाउँगाउँमा गएर सुरक्षित घर बन्नका लागि सुनिश्चित गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । 
सबै सरकारी अधिकारी ल्याएर संरचना तयार पारी हामीले काम गरेका छौँ । सबै राष्ट्रसेवक कर्मचारीले साथ दिएर एकसाथ परिणाम निकाल्नु भएकोमा उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । सबै राजनीतिक दलहरु बीच नेतृत्व प्राधिकरणमा परिवर्तन भए पनि नीतिगत एकरुपता र स्थायित्व हामीले कायम गर्यौँ । यसको मुल कारण भनेको परामर्श परिषदमा विपक्षि दल तथा सबै दल र सांसदको उपस्थिति, स्टेरिङ् कमिटीमा प्रतिपक्षि दलका उपाध्यक्ष रहने गरी जुन संरचना बनायोँ, त्यसले राजनीतिक सहमतिको नमूना प्रस्तुत गरेका छौँ । नेतृत्व परिवर्तन भए पनि नीतिगत एक रुपता र स्टावलिटीको मोडल स्थापित गरेका छौँ । 

एउटा खुसीको कुरा शतप्रतिशत भन्दा बढी रकम पुननिर्माणका सन्दर्भमा आएको छ । त्यसका निम्ति अन्तराष्ट्रिय समुदायप्रति आभार प्रकट गर्दछु । विभिन्न मुलुकका मन्त्री तथा संयुक्त राष्ट्रसंघले समेत नेपालको कामको प्रशंशा गर्नुभयो । भोलिको दिनमा जुन रुपमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त भयो । 

एउटा खुसीको कुरा शतप्रतिशत भन्दा बढी रकम पुननिर्माणका सन्दर्भमा आएको छ । त्यसका निम्ति अन्तराष्ट्रिय समुदायप्रति आभार प्रकट गर्दछु । विभिन्न मुलुकका मन्त्री तथा संयुक्त राष्ट्रसंघले समेत नेपालको कामको प्रशंशा गर्नुभयो । भोलिको दिनमा जुन रुपमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त भयो । 

भोलि विपद उत्थानशिल मुलुक बनाउनका लागि समेत यस्तै सहयोग रहने विश्वास व्यक्त गर्दछु । मेरो अनुभव आवश्यक परेमा सदैमा दिन तयार रहेको कुरासमेत जानकारी गराउँदछु, धन्यवाद । 
(प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विहिबार प्राधिकरण हस्तान्तरणपछि गरेको भाषणको सम्पादित अंश)