४ जेठ, २०८१ शुक्रबार

02:32:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर लिलामीमा

Nepal Business

११ बैशाख, २०७९

चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त सो सेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको

शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर लिलामीमा

काठमाण्डौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले अवितरित ७७ हजार ७२०.८८ कित्ता अवितरित हकप्रद सेयर वैशाख १९ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो । 

यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त सो सेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको कम्पनीले जनाएको छ । 

यो सेयर खरीदका लागि वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । कम्पनीका अनुसार सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनकम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई सेयर बाँडफाँट गरिनेछ । 

कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १ः०.३ अनुपातमा रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गरेको हो ।

अवितरित बाँकी हकप्रद सेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।  

इच्छुक खरीदकर्ताहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।