२४ बैशाख, २०८१ सोमबार

05:48:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nepal Business

८ बैशाख, २०७९

छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं । सुनको मूल्यमा बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख छ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको एक लाख एक सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।