७ मंसिर, २०८१ शुक्रबार
07:28:40 PM
७ बैशाख, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुँले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सबैले दिएको बताउनुभएको छ ।
बुधबार राष्ट्र बैंक फर्कनुभएका गभर्नर अधिकारीले राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी व्यक्ति भन्दा पनि संस्था हौँ । गभर्नर, राष्ट्र बैंक र अर्थमन्त्रालय संस्था हो । विभिन्न घटनाले यस्तो स्थिति ल्याउछ । हामीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहदा गर्नुपर्ने समन्वय नियमित रुपमा गछौँ नै यसमा कुनै किसिमको आग्रह, पुर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसमा सतर्क रहन्छौँ ।’
अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्वनमा पर्नुभएको थियो । त्यसपछि सर्वोच्च जानुभएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत सर्वोच्चले आदेश दिएको थियो ।