४ जेठ, २०८१ शुक्रबार

01:50:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा इन्सुरेन्सको साधारण सभा हुँदै, बुक क्लोज कहिले ?

७ बैशाख, २०७९

सगरमाथा इन्सुरेन्सको साधारण सभा हुँदै, बुक क्लोज कहिले ?

काठमाण्डौं । सगरमाथा इन्सुरेन्सले वैशाख २८ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीका अनुसार सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी दिएको हो । 

कम्पनीले हाल कायम १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीमा सो बोनस प्रस्ताव गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ ।

वैशाख १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी बढोत्तरी गर्नको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।