४ जेठ, २०८१ शुक्रबार

06:08:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकर तथा बीमक सरकारको मानपदवीबाट सम्मानित

२ बैशाख, २०७९

बैंकर तथा बीमक  सरकारको मानपदवीबाट सम्मानित

काठमाण्डौं । सरकारले तीन बैंकर, दुई बीमक र एक सहकारी बैंकलाई सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई प्रबल जनसेवाश्री र जनसेबाश्री विभुषणबाट सम्मानित गर्नुभएको हो ।

प्रबल जनसेवाश्री विभुषणबाट सम्मानित हुनेमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, मेगा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई हुनुहुन्छ ।

यस्तै बीमकतर्फ शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुर्नबीमा  कम्पनीका सञ्चालक दीपप्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त प्रबल जनसेबाश्रीबाट सम्मानित हुनुभएको हो।