१६ कार्तिक, २०८१ शुक्रबार
05:21:25 PM
२ बैशाख, २०७९
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न उद्योगी–व्यवसायीहरु सम्मानित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल, उद्योगी तथा शंकर ग्रुपका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवाल, उद्योगी देवी प्रसाद भट्टचन, अम्बिका प्रसाद पौडेल, चेम्बर अफ कर्मशका पूर्व अध्यक्ष सुरेन्द्रविर मालाकार, डा.उपेन्द्र महतो, दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड लगायतका उद्योगी व्यवसायी सम्मानित भएका हुन् ।
सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुनेमा डा.उपेन्द्र महतो, राजेन्द्र मल्ल, देवीप्रसाद भट्टचन र सुरेन्द्र्रविर मालाकार रहनुभएको छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, शिवरतन शारदा, साहिल अग्रवाल, विष्णु अग्रवाल, राजेन्द्रकुमार खेतान र धुव्रकुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीबाट सम्मानित हुनुभएको छ ।
प्रबल जनसेवाश्रीबाट मोतिलाल दुगड, संजय कुमार खेतान, उद्योगी तथा समाजसेवी विष्णुप्रसाद न्यौपाने, चितवनका गोकुल भण्डारी, रुपन्देहीका गोविन्द गोइनका, रुपन्देहीकै अर्जुनमान सैजू, रुपन्देहीकै नारायण अग्रवाल र अम्बिका प्रसाद पौडेल सम्मानित हुनुभएको हो ।
यसैगरी जनसेवाश्रीबाट ललितपुरका साना उद्योग व्यवसायी सागर थापा, रुपन्देहीका उद्यागी कमलकिशोर मालपानी, पाल्पाका यादवसिंह कार्की, रुपन्देहीका चुन्नुप्रसाद शर्मा, काठमाण्डौंका व्यवसायी नरधिर शर्मा र निर्माण व्यवसायी रमेश शर्मा सम्मानित हुनुभएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधान दिवस २०७८ असोज ३ गतेका अवसरमा राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्यगरे बापत यी मानपदवी दिइएको उल्लेख गरेको छ ।