१६ बैशाख, २०८१ आइतबार

01:20:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ वर्षका अवसरमा चार पाङग्रे गाडीमा अफरै अफर

३० चैत, २०७८

नयाँ वर्षका अवसरमा चार पाङग्रे गाडीमा अफरै अफर

काठमाण्डौं । नयाँ वर्षको अवसरमा विभिन्न चार पाङग्रे बिक्रेता कम्पनीहरुले विभिन्न अफरहरु ल्याएका छन् । हरेक नयाँ वर्षमा लोकप्रिय ब्राण्डहरुले आफ्ना ग्राकहरुका लागि केहि न केहि अफर ल्याएकै हुन्छन् । यस वर्ष पनि ल्याएका हुन् ।

यस नयाँ वर्ष २०७९ का अवसरमा कम्पनीहरुले आफ्नो ब्राण्डको गाडी खरिदमा विशेष छुट सहितका अफरहरु ल्याएका छन् ।

सुजुकी

सुजुकीका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिंसको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नयाँवर्षका अवसरमा ‘सुजुकी ह्याप्पी न्यू कार’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

यो अफर देशभर रहेका ३८ वटै सुजुकीका शोरुममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको हो ।  कम्पनीका अनुसार गाडीको मोडल अनुसार फरक–फरक छुट लागू हुनेछ ।

सुजुकी ब्रान्डका नेपालमा एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी मोडलका गाडीहरु रहेका छन् ।

हुन्डाई

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा ‘नयाँवर्षको सुरुवात हुन्डाइको साथ’  अफर ल्याएको छ । यस अफरमा हुन्डाईका गाडी खरिद गर्ने ग्राहकहरुले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै नयाँ वर्ष बनेस ७९ हजार, एक्सचेन्ज बोनस ७८ हजार रुपैयाँसम्म, ककमेडल इएर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, एक वर्षसम्म निःशुल्क तथा सवारी कर र तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा रहेको कम्पनीले जनाएको छ ।

निशान

निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्षका अवसरमा ‘निशान न्यू इएर फेष्ट’ अफर सार्वजनिक गरेको छ ।कम्पनीले आफ्नो निशान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर रहेको जनाएको छ । 

कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुटसहित समग्रमा ४ लाख ५२ हजारको छुटको व्यवस्था गरेको छ । उक्त अफर वैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको हो ।

चांगना

नयाँवर्षको अवसरमा चांगन गाडीले ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहितको अफर सार्वजनिक गरेको छ ।

कम्पनीले अफरमा २.५ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्सचेञ्ज टपअप र १ वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराएको छ । यो अफर वैशाख महिनाभर लागू हुनेछ ।

ग्राहकले हरेक टेष्ट राइड र एक्सचेञ्जमा पनि उपहार पाउने छन् । 

फक्सवागन

नयाँ वर्षका लागि नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले फक्सवागनको टाइगुन मासिक किस्ता २२ हजार ९९९ मा किन्न सकिने छ भने पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर लिन सक्नेछन् ।

यस्तै कम्पनीले एक वर्षका लागि निःशुल्क सडक कर र प्रत्येक नयाँ फक्सवागन गाडी खरिदको लागि चार वर्षको निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ ।