२५ बैशाख, २०८१ मंगलबार

08:40:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

३० चैत, २०७८

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेको हो । 

छापावाला सुनको मूल्य बुधबार तोलामा छ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावला सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा छ सय रुपैयाँले बढेर एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।