४ जेठ, २०८१ शुक्रबार

06:08:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ कम्पनीको बुधबार (भोली) साधारण सभा हुँदै, सभाबाट कोहि खाली हात नजाने

२९ चैत, २०७८

साधारण सभामा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

३ कम्पनीको बुधबार (भोली) साधारण सभा हुँदै, सभाबाट कोहि खाली हात नजाने

काठमाण्डौं । नयाँ वर्षको एक दिन अघि चैत ३० गते सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको साधारण सभा हुँदैछ । 

बुधबार हुने साधारण सभामा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीका अनुसार साधारण सभाबाट लगानीकर्ताको हात खाली जाने छैन। । 

१. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा यसै चैत्र ३० गते बुधबार नेपाल पर्यटन बोर्डको सभा कक्षमा हुँदैछ । कम्पनीको साधारण सभाका लागि दुई दिन मात्र बाँकी छ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १७ गते नै बुकक्लोज गरिसकेको छ ।

यस्तै चैत्र १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

२. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५५ औँ वार्षिक साधारण सभा पनि चैत्र ३० गते हुनेछ ।

फागुन २९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई सभामा १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

३. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते हुँदैछ । 

पुस२९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई सभामा चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीको पनि नेप्सेमा चैत्र १६ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।