१६ बैशाख, २०८१ आइतबार

12:05:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

२५ चैत, २०७८

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

काठमाण्डौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकार समक्ष आयात प्रतीतपत्र (एलसी) खोल्न आग्रह गरेको छ ।

शुक्रबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एसी खोल्न आग्रह गरेको हो । । 

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको अटोमोवाइलक्षेत्रलाई नजरअन्दाज गर्दे बैङ्क जस्ता वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी एलसी खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय  नदिई अप्रत्यासित रुपमा बन्द गरिएकोमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरिदिन आग्रह गर्नुभएको हो । 

अटोमोबाइल्स क्षेत्रले हरेक बर्ष १ खर्व ५० अर्बभन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको नडाले जनाएको छ । 

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गर्नुभयो ।

प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन दिनुभयो ।