२५ बैशाख, २०८१ मंगलबार

10:46:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२५ चैत, २०७८

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा  ५ सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।