१७ बैशाख, २०८१ सोमबार

09:41:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेनाको फोटो प्रतियोगितामा गैरसैनिकको सहभागिता

Nepal Business

५ पुस, २०७८

प्रतियोगितामा भाग लिन चाहने गैरसैनिकले फोटो र विवरण आगामी माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिङ्कमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको फोटो प्रतियोगितामा गैरसैनिकको सहभागिता


काठमाण्डौं, पुस ५


नेपाली सेनाले गैरसैनिक व्यक्तिसमेत सहभागिता गराएर फोटो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सङ्गठनका विविध गतिविधिलाई तस्वीरका माध्यमद्वारा अभिलेख गर्न सेनाले आन्तरिक फोटो प्रतियोगित गर्दै आइरहेको छ । यस वर्षदेखि गैरसैनिकलाई पनि प्रतियोगितामा समावेश गर्न लागेको हो ।
 
प्रतियोगितामा भाग लिन चाहने गैरसैनिकले फोटो र विवरण आगामी माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिङ्कमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रतियोगितामा विस् २०७७ देखि २०७८ सम्म खिचिएका तस्विरलाई मात्र समावेश गरिने जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने तस्वीरलाई क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।