२२ असार, २०८२ आइतबार
03:23:18 PM
५ पुस, २०७८
अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करबि १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतशित गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानकि माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।
काठमाण्डौं, पुस ५
नयाँ प्रविधिसहित गुणस्तर वृद्धि गरिएको कम्पोष्ट मल पुन वितरण प्रारम्भ गरिएको असहाय गाईबाच्छा संरक्षण अभियानले जनाएको छ । असहाय गाईबाच्छा संरक्षणका लागी सहयोग जुटाउन गाईको गोबर र गहुँतबाट बनेको कम्पोष्ट मल थप गुणस्तरीय बनाएर बिक्री गर्न थालिएको हो ।
अभियानले पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा उपलब्ध गराएको करबि १०० रोपनी जग्गामा करिब २०० असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ ।
गाईबाच्छाको मलमूत्र उपयोग गरी कम्पोष्ट मल बनाइएको हो । शतप्रतशित गाईबाच्छाको गोबरबाट गोमूत्रलाई प्रयोग गरी अर्गानकि माध्यमबाट कुहाउँदै कम्पोष्ट मल तयार पारिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।
कम्पोष्ट मल बिक्रीबाट आउने सबै रकम असहाय गाईबाच्छाको संरक्षणमा प्रयोग गरिने पनि बताउनुभयो । गाईबाच्छा संरक्षणस्थलमै मल लिन गएमा प्रतिकेजी रु १५ मूल्य तोकिएको छ । घरसम्म लगिदिने व्यवस्थाका लागि प्रतकिेजी रु २० मूल्य कायम गरिएको छ । घरमै मल मगाउन कम्तीमा २५ केजीको माग हुनुपर्ने जनाइएको छ । कम्पोष्ट मल माग गरेको लामो समयसम्म पनि पाउन नसकएिको गुनासो ग्राहकले गरेको छन् ।
अभियानले भने आज देखि मागको १२ घण्टा भित्रमा मल घरमै लैजाने गरी व्यवस्था मिलाएको जानकारी गरिएको छ ।