१७ बैशाख, २०८१ सोमबार

12:10:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोव कलेजको ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’को तयारी पूरा

२२ चैत, २०७८

नेपाललगायत विश्व अर्थतन्त्रका चुनौती, सम्भावना, दिगो विकास र कुटनितिक सम्वन्धले पार्ने प्रभाव र पछिल्लो अवस्थाबारे उच्चस्तरीय संवाद गर्ने

यूनिग्लोव कलेजको ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’को तयारी पूरा

काठमाण्डौं । यूनिग्लोव कलेजको आयोजनामा हुन गइरहेको ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ को सम्पूण तयारी पूरा भएको छ ।

काठमाण्डौंस्थित नयाँ बानेश्वरको युनिग्लोब कलेजमा बुधबार र बिहीबार हुने ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।

नेपाललगायत विश्व अर्थतन्त्रका चुनौती, सम्भावना, दिगो विकास र कुटनितिक सम्वन्धले पार्ने प्रभाव र पछिल्लो अवस्थाबारे उच्चस्तरीय संवाद गर्ने उद्देश्यले चैत २३ र २४ मा सम्मेलन हुँदैछ ।

सम्मेलनमा विद्यार्थी, विशिष्ट वक्ताहरु लगायत सात सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

विशिष्ट वक्ताहरुमा पूर्व राजदुत डा.विश्वम्भर प्याकुरेल, कुटनितिज्ञ डा.खड्ग के.सी., अर्थविद् डा. गोविन्द नेपाल, वरिष्ठ उद्यमी भवानी राणा, कुटनीतिक मामीलाका जानकार डा.मनिष थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँल लगायतको सहभागिता रहनेछ । 

यस्तै अन्तराष्ट्रियस्तरबाट बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्याण्ड, युके र अमेरिकाका वक्ताहरुको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा समस्या र चुनौतीहरू, मार्केटिङ व्यवस्थापन मुद्दा र चुनौतीहरू, व्यवस्थापकीय मुद्दा र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापन मुद्दा र चुनौतीहरू, मानव संसाधन व्यवस्थापनमा समसामयिक मुद्दाहरू र चुनौतीहरू, मार्केटिङ व्यवस्थापनमा समस्याहरू, व्यवस्थापनमा समसामयिक समस्या र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापनमा समसामयिक मुद्दाहरू र बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध लगायतका बिषयहरु समेटेर ८ वटा सेसनहरु सञ्चालन हुने छन् । 

व्यवसायमा दिगो र नवप्रवर्तन ‘इनोभेशन एण्ड सस्टेनेबिलिटी इन बिजनेश’ भन्ने मुल नाराका साथ बिगत ८ बर्षदेखि युनिग्लोव कलेजले निरन्तर यो सम्मेलन गर्दै आएको छ ।