२६ बैशाख, २०८१ बुधबार

07:27:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nepal Business

२२ चैत, २०७८

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार छापावला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ थियो । 

तेजाबी सनुको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य तोलाको १३ सय ५० रुपैयाँ थियो ।