७ बैशाख, २०८१ शुक्रबार

12:48:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

Nepal Business

५ पुस, २०७८

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

पौष ५, काठमाण्डौ 
खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको भन्दै बाग्लुङमा रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । 
हालै सम्पन्न  रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य एक सय २० र चिकेट मःमको एक सय ४० तोकिएको छ । 


यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य एक सय थियो । चिकेन मःमको एक सय २० थियो । यस्तै भेज चाउमिन एक प्लेटको रु। एक सय २०, बफको एक सय ५० र चिकेनको एक सय ७० दररेट कामय गरिएको छ ।


भेज चाउमिन आधा प्लेटको ६०, बफको ९० र चिकेनको एक सय मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् । 
“बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो” बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ । 
“पाँच÷छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो”, उहाँले भन्नुभयो । बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ । सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् । शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ । 

रासस