२५ बैशाख, २०८१ मंगलबार

07:05:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२१ चैत, २०७८

सोमबार सुनको मूल्य तोलामा ६ सय रुपियाँले घटेको छ ।

सोमबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ। सोमबार सुनको मूल्य तोलामा ६ सय रुपियाँले घटेको छ ।  
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।