२५ बैशाख, २०८१ मंगलबार

01:30:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२० चैत, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापाबाल सुनको प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार घट्यो सुनको मूल्य,  कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य ओरालो लागेको छ। आज (आइतबार) सुनको मूल्य तोलामा ४ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापाबाल सुनको प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको महासघंले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढे छापावाल सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज (आइतबार) चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३६० रुपैयाँ कायम भएको थियो।