२४ बैशाख, २०८१ सोमबार

09:01:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालबाट हुने निर्यातको अवस्था

Nepal Business

४ पुस, २०७८

हिजोआज नेपालबाट निर्यात हुने प्रम्ख वस्तुहरुमा भटमासको तेल, अलैँची, पोलिस्टर, ऊनी गलैँचा, जुटका सामान, तयारी पोशाक, कपडा, जुस, पस्मिना, पिना(आयल केक), हस्ताकलाका सामग्री आदि हुन् ।

नेपालबाट हुने निर्यातको अवस्था


काठमाण्डौंं, पुस ४
नेपालले विगतदेखि आयातमुखी देशको पहिचान स्थापित गर्दै आइरहेको छ । निर्यातको अंश न्यून रहेको आयात दिनदिनै बढ्दै गइरहेको छ । 
हिजोआज नेपालबाट निर्यात हुने प्रम्ख वस्तुहरुमा भटमासको तेल, अलैँची, पोलिस्टर, ऊनी गलैँचा, जुटका सामान, तयारी पोशाक, कपडा, जुस, पस्मिना, पिना(आयल केक), हस्ताकलाका सामग्री आदि हुन् ।
आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामै उच्च आयात निर्यात भएको छ । नेपालको पहिलो महिनामै १ खर्ब ७१ अर्ब ५० करोडको वैदेशिक व्यापार गरेको छ । व्यापार तथा निकास प्रवद्र्धन केन्द्रका अनुसार नेपालको कुल निर्यातमा ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७७ करोड रुपैयाँ रहेको छ । नेपालले पहिलो महिनामा १०२ देशसँग वैदेशिक व्यापार गर्दा  ७० वटा देशमा मात्रै नेपाली वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्गाङ्कले देखाउँदछ । 
नेपालको वैदेशिक व्यापारमा भारतको ठूलो हिस्सा रहेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको भारतमा चालु आवको साउन महिनामा १६ अर्ब ८७ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । जुन निर्यातित वस्तुको अधिकांश हिस्सा भारतको रहेको छ । गत वर्षको सोहि अवधिमा नेपालले ६ अर्ब ३२ करोडको मात्रै निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा १६७ प्रतिशतले बढेर निर्यात मूल्य हालसम्मकै उच्च रहेको छ ।
नेपालबाट उत्पादित वस्तु तथा सेवा निर्यात हुने भारत पश्चात अमेरिका रहेको छ । अमेरिकामा १ महिनाको अवधिमा नेपालबाट १ अर्ब ५४ करोडको निर्यात भएको छ । जर्मनीतर्फ ३६ करोड, टर्कीमा २१ करोड, बेलायतमा २१ करोड, फ्रान्समा २० करोड, जापानमा १५ करोड, अष्ट्रिलियामा १२ करोडको निर्यात भएको छ । 
नेपालबाट इटली र क्यानाडामा ९ करोड, चीनमा ८ करोड, नेदरल्यान्डमा ६ करोड, डेनमार्क र बंगलादेशमा ५÷५ करोेडको र अन्य ५६ वटा देशमा ५२ करोडको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।