२६ बैशाख, २०८१ बुधबार

04:59:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

१८ चैत, २०७८

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । सुनको मूल्य शुक्रबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । 

छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम गरिएको थियो । 

तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।