१५ बैशाख, २०८१ शनिबार

10:00:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार्जिङ स्टेशन बढाउने सरकारी लक्ष्य पुरा हुन सकेन, कहिले बन्लान् ५ सय चार्जिङ स्टेशन

१७ चैत, २०७८

नेपाल विद्युत् प्राधिकरणले ३८ करोड रुपैयाँ खर्चेर मुलुकभरका ५१ स्थानमा चार्जिङ स्टेशन लगायतका आवश्यक पूर्वाधार निर्माण गर्दै आइरहेको बताउनुभयो ।

चार्जिङ स्टेशन बढाउने सरकारी लक्ष्य पुरा हुन सकेन, कहिले बन्लान् ५ सय चार्जिङ स्टेशन

काठमाण्डौं । चार्जिङ स्टेशनको काठमाण्डौं–पेट्रोलियम पदार्थको मूल्य दिनहुँ वृद्धि भइरहेको छ । मूल्य वृद्धिसँगै विद्युतीय गाडीमा आकर्षण बढिरहेको व्यवसायीहरु बताउन्छन् । 

व्यवसायीहरुका अनुसार अहिले धेरै विद्युतीय गाडी खरिदका लागि आउने गर्छन् । उपभोक्ताको आकर्षण विद्युतीय गाडीमा भएपनि त्यसको पूर्वाधामा कमी भएको व्यवसायीहरुको भनाइ छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा निजी क्षेत्रको समेत सहभागितामा मुलुकभर पाँच सय वटा चार्जिङ स्टेसन निर्माण गर्ने घोषणा गर्नुभएको थियो । बजेट वक्तव्यमा भने जसरी चार्जिङ स्टेशन बन्न सकेका छैनन् ।

विशेषगरी विद्युतीय गाडीका लागि आवश्यक पर्ने चार्जिङ स्टेशन निर्माण गर्न सकिएको छैन । 

नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले नेपाल विद्युत् प्राधिकरणले ३८ करोड रुपैयाँ खर्चेर मुलुकभरका ५१ स्थानमा चार्जिङ स्टेशन लगायतका आवश्यक पूर्वाधार निर्माण गर्दै आइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेसम्म करिव ७० प्रतिशत चार्जिङ स्टेशनको पूर्वाधार तयार भइसकेको छ । चालु आवको अन्त्यसम्म सबै निर्माण सक्ने तयारी भइरहेको छ ।’ 

प्राधिकरणले काठमाण्डौंमा मात्रै ७ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । ट्रान्सफर्मर जडान र अन्य कार्यको पनि काम भइरहेको छ ।

एउटा चार्जिङ स्टेसनमा कम्तिमा ६ वटा विद्युतीय गाडी चार्जिङ गर्न सक्ने गरि निर्माण गरिरहेको उहाँले बताउनुभयो । 

यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले सोचे अनुसारको विद्युतीय सवारीसाधनको प्रवद्र्धन हुन नसकेको बताउनुभयो । 

‘विद्युतीय सवारीसाधनको प्रवद्र्धनको काम हुदैँ नभएको पनि होइन, तर, जति सोचेका थियौं, सो अनुसार नभएको भन्ने पक्कै हो’, उहाँले भन्नुभयो, ‘विद्युतीय सवारीसाधनप्रतिको आकर्षण विस्तारै अभिवृद्धि हुदैँ गइरहेको छ ।’

सरकारले अघिल्लो वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयातमा लाग्ने कर तथा महशुल घटाएको छ । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीलाई विद्युतीय सवारीसाधन खरिदको लागि तीन लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने घोषणा गरिसकेको छ’, उहाँले भन्नुभयो । 

निजी क्षेत्रले पनि चार्जिङ स्टेसन निर्माण गर्न पाउने कार्यविधि बनिसकेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार विगतको वर्षको तुलनामा सर्वसाधारणको वातावरणमैत्री सवारीसाधनतर्फ आकर्षित हुनुमा पेट्रोलियम पदार्थको भाउ बढ्नु र विद्युतीय साधनको मूल्यमा निरन्तर कमी आउनु पनि अर्काे हो । 

सरकारले निजी विद्युतीय सवारीसाधनको भन्दा पनि सार्वजनिक सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने बेला आइसकेको उहाँले बताउनुभयो ।