२५ बैशाख, २०८१ मंगलबार

07:40:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१७ चैत, २०७८

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं–सुनको मूल्य बिहीबार सामान्य रुपले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको हो । 

छापावाला सुनको मूल्य तोलामा सय रुपैयाँले बढेर ९८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ९८ हजार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ ।