४ जेठ, २०८१ शुक्रबार

11:17:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

१६ चैत, २०७८

आरम्भ चौतारी लघुवित्त, प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेको हो ।

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । आज (चैत १६ गते बुधबार) तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आरम्भ चौतारी लघुवित्त, प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेको हो । यी तीन वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुक क्लोज गर्दैछन्।

यस अनुसार आज (चैत १६ गते बुधबार ) सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागि हुन पाउनेछन् ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

उक्त लाभांस पारित गर्न कम्पनीले चैत २७ गते बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे साभारण सभा बोलाएको छ ।  सभाले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँको २१ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने, लघुवित्तको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायत बिषयमा छलफल गरी पारित गर्नेछ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत ३० गते २० औँ वार्षिक साधारण बोलाएको छ। उक्त सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्ज अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यसैगरी, प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न चैत ३० गते बुधबार प्रभु कम्प्लेक्स तीनकुनेमा विहान ११ बजे २६ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश पारित गर्नेछ।