२६ बैशाख, २०८१ बुधबार

07:07:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार पनि सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

१६ चैत, २०७८

बुधबार पनि सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाण्डौं–सुनको मूल्य बुधबार पनि  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य मंगलबार ९८ हजार सात सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।