२५ बैशाख, २०८१ मंगलबार

04:42:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार पनि तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ चैत, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।
आज (चैत १५ गते मंगलबार) सुनको मूल्य घटेको छ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपियाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो।  मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।