२६ बैशाख, २०८१ बुधबार

01:32:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य ४ सयले घट्यो

१४ चैत, २०७८

सुनको मूल्य ४ सयले घट्यो

काठमाण्डौं–सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य स्थिर रहेको थियो । 

यस्तै चाँदीको मूल्य तोलामा तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८० रुपैयाँ कायम भएको छ ।