१ मंसिर, २०८१ शनिबार
02:06:48 PM
१३ चैत, २०७८
काठमाण्डौं–प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको सूचना मार्फत जानकारी दिएको हो।
कम्पनीको चौधौँ वार्षिक साधारण सभाले (मंसिर १९) सेयर स्वामित्व परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।
कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सोही अनुसारको स्वःघोषणा गरि सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुरोध गरेको छ।
तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धी जानकारी प्राप्त नभए प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा रुपान्तरण गरिने प्राइम लाइफले जनाएको छ।
सेयर संरचना परिवर्तनपछि इन्स्योरेन्सको संस्थापक सेयरको हिस्सा ६० प्रतिशत र सर्वसाधारण सेयरको हिस्सा ४० प्रतिशत कायम हुनेछ। यसअघि इन्स्योरेन्समा सर्वसाधारणको ७० प्रतिशत र संस्थापकको ३० प्रतिशत हिस्सा थियो।
कम्पनीका अनुसार नियामक निकाय बीमा समितिबाट पनि सेयर स्वामित्व परिमार्जन गर्न स्वीकृति पाइसकेको छ।