१७ माघ, २०८१ बिहिबार
02:26:50 PM
१३ चैत, २०७८
आइतबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं ।
साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँलेको बढेर छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४०० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।